एमाले किन सफल भयो ? केही बुँदामा यसरी राख्न
सकिन्छ :
१) एमालेको सफलताको मूल रहस्य यसको विचार
र नीति नै हो । बहुदलीय जनवाद नै
आजको राजनीतिको समाधान हो र
भविष्यको नेपालको बाटो हो भन्ने यो चुनावले
स्थापित गरेको छ । बहुदलीय जनवादको मर्मलाई
दह्रोसँग आत्मसात गरेको हुनाले नै एमालेले
सफलता पाएको हो ।
२) एमालेले राष्ट्रिय राजनीतिमा चार वर्ष सालिन
भूमिका निर्वाह ग¥यो । उसको यो भूमिकालाई
कतिपयले दोधारे र अडान नभएको अर्थमा लिएर
प्रचारवाजी पनि गरे । तर,
एमालेको समन्वयकारी र समाधानमुखी भूमिकालाई
जनताले राम्रोसँग मूल्यांकन गरेका रहेछन् ।
त्यसैले एमालेले यो सफलता हात पा¥यो ।
३)
संघीयतादेखि समावेसीकरणको विषयसम्ममा एमालेले
लिएको व्यवहारिक र जायज अडानलाई अनेक
शक्तिहरुले प्रहार गरे । एमालेभित्र नै व्यापक
विरोध भयो र कतिपयले एमाले छाड्ने काम गरे ।
तर, एमाले आफ्नो सही अडान र विचारबाट
पछाडि हटेन । पार्टी छाडेर जानेहरुले
विचारको मूल्यांकन गर्न नसके पनि जनताले
मूल्यांकन गरे । त्यसैले एमालेले जित्यो ।
४) संविधान निर्माणको विषयमा एमालेले स्पष्ट
भूमिका देखायो ।
त्यसबेला संविधानसभामा एमाओवादी र कांग्रेस
निर्णायक भए पनि एमालेले
आफ्नो भूमिका स्थापित गर्दै संविधान
निर्माणका लागि योगदान ग¥यो । नयाँ संविधान
जारी हुन नसके पनि संविधान निर्माणमा एमालेले
निर्वाह गरेको भूमिकाको जनताले सही मूल्यांकन
गरेका हुनाले एमालेले जित्यो ।
५) अबको युगमा कुनै पनि किसिमको अतिवाद र
रुढीवाद समाजमा टिक्न सक्दैन ।
अतिवादी राजनीतिको बोलवाला भएको बेलामा पनि एमालेले
सन्तुलित विचार र व्यवहार देखायो । एमालेले
क्षणिक लोकप्रियताका लागि कुनै काम गरेन ।
यसको सही मूल्यांकन जनताले
मतपत्रमा अभिव्यक्त गरिदिए ।
६) एमालेले सरकार संचालनमा दक्षता देखायो ।
सतही लोकप्रियताका लागि एमाले सरकारले काम
गरेन, मुलुकको दीर्घकालीन हितलाई
ध्यानमा राखेर एमालेको सरकार र
सरकारमा रहेका यसका मन्त्रीहरुले कार्य गरे ।
भ्रष्टाचारलाई एमाले बढावा दिएन, यसैको परिणाम
हो एमालेको सफलता ।
७) कम्युनिष्ट लोकतन्त्रवादी हुन्छन् भन्ने
मान्यतालाई स्थापित गर्न एमालेले नेपालमा जुन
भूमिका निर्वाह गरिरहेको छ त्यसलाई
ओझेलमा पार्न कट्टरपन्थीहरुले ठूलो प्रयास गर्दै
आएका थिए । तर, बहुदलीय जनवादको विचार
बोकेको एमाले नै
सच्चा लोकतन्त्रवादी कम्युनिष्ट हो भन्ने
जनताले आत्मसात गरेका हुनाले एमाले
विजयी भयो ।
८) गत संविधानसभा कालमा जेजस्तो राजनीतिक
परिघटनाहरु भए त्यसबाट एमाले नेतृत्वपंक्ति नै
नेपालको सबैभन्दा सक्षम नेतृत्व हो भन्ने
देखियो । एमालेका नेताहरुले राष्टिय
राजनीतिमा निर्वाह
गरेको प्रभावकारी भूमिका एमालेको सफलताको अर्काे कारण
हो ।
९) एमालेसँग जस्तो इमान्दार, जुझारु र समर्पित
कार्यकर्ता पंक्ति भएको पार्टी नेपालमा अर्काे देखिएन
। विशाल र व्यवस्थित संगठनले
पनि चुनावी सफलतामा निर्णायक भूमिका निर्वाह
ग¥यो ।
१०) एमालेले जनताको तह र तप्का सबैलाई समेट्ने
काम ग¥यो । चुनावमा उम्मेदवारी दिँदा पनि एमाले
सबैभन्दा समावेसी, सबैभन्दा महिला मैत्री,
सबैभन्दा आदिवासी जनजाति, दलित, मधेसी,
मुस्लिम लगायतको पक्षधर देखियो । यो कारणले
पनि उसले जित्यो ।